भिडभाड नगर्न प्रशासनको अनुरोध

चैत्र १२, दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले होली प्रर्व लगायतका अनाआवश्यक काममा नागरीकलाई भिडभाड नहुन÷नर्गन अनुरोध गरेको छ । प्रशासनले आज एक सुचाना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
‘छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दर बढि रहेको, मृत्यु हुनेको दरमा समेत बृद्धि भैरहेकाले यस जिल्लामा पनि तेस्रो मुलुकबाट नागरीक भित्रिने÷वाहिरीने क्रम जारी रहेको हुँदा दैलेखमा कोरोना संक्रमण बढ्न सक्ने भएकाले उच्चत सर्तकता अपनाउन सुचनामा भनिएको छ ।’
प्रशासनले यहि १६ गते मनाईने होली पर्व आपसि र पारिवारीक रुपमा मनाउन आग्रह गर्दै सेनिटाइजर, मास्क लगाएत स्वास्थ्य सुरक्षाको मापडण्ड पुर्ण पालना गर्न आम नागरीकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार